images
images

राष्ट्र बैंकको २९ अर्ब रुपैयाँको विकास ऋणपत्र नेप्सेमा सूचीकृत, ब्याज ५.६५ देखि ५.७४ सम्म


  • 367
    SHARES
  • २०७८ फाल्गुण ९ गते सोमबार

    राष्ट्र बैंकको २९ अर्ब रुपैयाँको विकास ऋणपत्र नेप्सेमा सूचीकृत, ब्याज ५.६५ देखि ५.७४ सम्म

    काठमाडौं ।  आज नेप्सेमा २९ अर्ब ५० करोड रुपैयाँ बराबरका विकास ऋणपत्र सूचीकृत भएको छ। यो रकमको ऋणपत्र नेपाल राष्ट्र बैंकले निष्काशन गरेको हो।

    जसमा २ वर्ष अवधिको लागि  १० अर्ब रुपैयाँ, ४ बर्ष अवधिको लागि १० अर्ब रुपैयाँ र २ बर्ष अवधिको लागि  ९ अर्ब ५० करोड रुपैयाँको  विकास ऋणपत्र  नेप्सेमा सुचीकृत भएका हुन् भने ऋणपत्रका लगानीकर्तालाई सरकारले ५.६५ देखि ५.७४ प्रतिशत ब्याज भुक्तानी गर्नेछ।

    २ वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘ङ’ का लागि ५.७४ प्रतिशत, ४ वर्षे अवधिको विकास ऋणपत्र २०८२ ‘ङ’ का लागि ५.७२ प्रतिशत र २ वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘च’मा ५.६५ प्रतिशत व्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ।


    images
    images

    Logo