काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाको पहिलो सातामै १ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार वाणिज्य बैंकको निक्षेप सो संख्यामा वूद्धि भएको हो ।
संघका अनुसार माघको अन्तिम साता ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप फागुनको पहिलो साताको अन्तिमसम्ममा ४३ खर्ब १२ अर्ब रुपैयाँमा पुगेको छ ।
त्यस्तै संघले सार्वजनिक गरेको विवरण अनुसार फागुन पहिलो सातामा वाणिज्य बैंकको कर्जा लगानीमा पनि वुद्धि भएको छ । माघको अन्तिम सातासम्म ४१ खर्ब ५५ अर्ब कर्जा लगानी गरेका बैंकले फागुनको पहिलो सातामा ४अर्ब रुपैयाँले वूद्धि भई ४१ खर्ब ५९ अर्ब रुपैयाँमा पुर्याएका छन् ।