images
images

५ बैंकले मात्र लिँदैनन् आईपीओ भरेको शुल्क, लिनेले १० देखि १०० रुपैयाँसम्म, कुन बैंकको कति ? 


  • 1.4K
    SHARES
  • २०७८ फाल्गुण ९ गते सोमबार

    ५ बैंकले मात्र लिँदैनन् आईपीओ भरेको शुल्क, लिनेले १० देखि १०० रुपैयाँसम्म, कुन बैंकको कति ? 

    काठमाडौं । अनलाइनबाट आईपीओ भर्ने व्यवस्था भएसँगै अहिले शेयरको आवेदन निकै सहज भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले विकास गरेको सीआश्वा प्रणालीमार्फत् अहिले मेरोशेयरको एप्लिकेसन र अनलाइनबाट आवेदन दिन सकिन्छ । त्यसरी आवेदन नदिनेले डिम्याट खातामा लिङ्क भएको बैंक खाता भएका बैंकका जुनसुकै शाखाबाट सजिलै आईपीओ भर्न सक्छन् । यही व्यवस्थाका कारण अहिले आईपीओ भर्ने लाइन कम मात्रै भएको छैन । बाँडफाँट गर्न लाग्ने समय पनि घटेको छ । 

    तर, आईपीओ भर्ने ट्रेन्डसँगै यतिबेला बैंक तथा वित्तीय संस्थाले आईपीओको शुल्क भने धमाधम बढाएका छन् । पहिले धेरै बैंकले निशुल्क रुपमा यस्तो सेवा दिँदै आएकोमा अहिले अधिकांशले शुल्क लिन थालेका छन् । अत्यधिक शुल्क लिने केहीले भने अहिले शुल्क घटाएका छन् । 

    अहिले निःशुल्क सीआश्वा सेवा दिने बैंक ५ वटा रहेका छन् । नबिल बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनसीसी बैंक र मेगा बैंकले शेयर भर्दा अहिलेसम्म कुनै पनि शुल्क लिने गरेका छैनन् । 

    बाँकी बैंकहरुले १० देखि १०० रुपैयाँसम्म शुल्क लिँदै आएका छन् । शुल्क लिने बैंकमध्ये ८ वटाले प्रति आवेदन १० रुपैयाँ शुल्क लिँदै आएका छन् । त्यस्तै, कृषि विकास बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, प्रभु बैंक छन् । 

    ग्लोबल आईएमई बैंकले शेयरमा आवेदन दिँदा १५ रुपैयाँ शुल्क लिने गरेको छ । 

    नेपाल इन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र कुमारी बैंकले प्रति आवेदन २० रुपैयाँ शुल्क लिने गरेका छन् । 

    उता, लक्ष्मी बैंक, प्राइम कमर्शियल बैंक, नेपाल एसबीआई बैंक, सेञ्चुरी बैंकले शेयर भर्दा प्रति आवेदन २५ शुल्क लिने गरेका छन् । 

    अहिलेसम्म सबैभन्दा महँगो शुल्क लिने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । पछिल्लो समय साना साना कम्पनीको आवेदनमा पनि अधिक आवेदन पर्दै आएको छ । पछिल्लोपटक आईपीओ बाँडफाँट भएको जाल्पा लघुवित्तमा २७ लाख भन्दा बढीले शेयर भरेका थिए । ५ करोडको आईपीओका लागि यति धेरै आवेदन पर्दा आईपीओबापत संकलन गर्ने रकमभन्दा सीआश्वा शुल्क बढी हुने अवस्था समेत आएको छ । 

    यसरी उठेको रकममध्ये १५ प्रतिशतले हुन आउने रकम बिक्री प्रबन्धकले र ८५ प्रतिशतले हुन आउने रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्राप्त गर्नेछन् । 

    कसको शुल्क कति ? 

    नबिल बैंक : निःशुल्क
    एनआईसी एशिया बैंक : निशुल्क
    राष्ट्रिय वाणिज्य बैंक : निशुल्क
    एनसीसी बैंक : निशुल्क
    मेगा बैंक : निशुल्क
    सिध्दार्थ बैंक : १० रुपैयाँ
    कृषि विकास बैंक : १० रुपैयाँ
    बैंक अफ काठमाण्डू : १० रुपैयाँ
    नेपाल बंगलादेश बैंक : १० रुपैयाँ
    सिभिल बैंक : १० रुपैयाँ
    माछापुछ्रे बैंक : १० रुपैयाँ
    सनराईज बैंक : १० रुपैयाँ
    प्रभु बैंक : १० रुपैयाँ
    ग्लोबल आइएमइ बैंक : १५ रुपैयाँ
    नेपाल इन्भेष्टमेण्ट बैंक : २० रुपैयाँ
    हिमालयन बैंक : २० रुपैयाँ
    सानिमा बैंक : २०
    एनएमबी बैंक : २० रुपैयाँ
    सिटिजन्स बैंक इन्टरनेशनल : २० रुपैयाँ
    एभरेष्ट बैंक : २० रुपैयाँ
    कुमारी बैंक : २० रुपैयाँ
    लक्ष्मी बैंक : २५ रुपैयाँ
    प्राइम कमर्शियल बैंक : २५ रुपैयाँ
    नेपाल एसबिआइ बैंक : २५ रुपैयाँ
    सेन्चुरी कमर्शियल बैंक : २५ रुपैयाँ
    स्टाण्डर्ड चार्टर्ड बैंक : १०० रुपैयाँ


    images
    images

    Logo