images
images

नेप्सेले खुलायो सूचीकृत कम्पनीको वर्गीकरण


  • 717
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    नेप्सेले खुलायो सूचीकृत कम्पनीको वर्गीकरण

    काठमाडौं । नेपाल स्टछक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीको वर्गीकरणका लागि आवेदन खुलाएको छ । आइतबार नेप्सेले धितोपत्र सूचीकरण नियमावली बमोजिम वर्गीकरण गर्न १५ दिनको म्याद दिएर आवेदन आह्वान गरेको हो । 

    नेप्सेले तोकिएको समयभित्र आवेदन दिने कम्पनीहरुको साधारणसभा, पुँजी, सञ्चित नाफा, वार्षिक नाफा, सुशासन लगायतको अवस्था मूल्यांकन गरी वर्गीकरण गर्ने गर्छ । नेप्सेले कम्पनीहरुलाई 'ए', 'बी', 'जी' र 'जेड' वर्गमा वर्गीकरण गर्ने गरेको छ । 

    कम्पनीको वर्गिकरण सम्बन्धी विनियमावलीमा ‘क’ वर्गमा पर्नका लागि क्रेडिट रेटिङ औसतभन्दा माथी हुनुपर्ने र क्रेडिट रेटिङको समय नसकिएको हुनुपर्ने छ । 

    धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार ‘क’ वर्गमा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ ।

    यस्तै, ‘क’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

    धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ । ‘जी’ वर्गको वर्गीकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ‘जेड’ वर्गमा पर्नेछन् ।


    images
    images

    Logo