काठमाडौं । अवरोधै अवरोधबीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता संसदमा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता संसदमा प्रस्तुत गरेका हुन् ।
कार्कीले सम्झौता टेबल गर्दैगर्दा प्रमुख प्रतिपक्षी एमाले संसदीय सर्वोच्चताको नाममा नाराबाजी गरिरहेको छ । सत्तारुढ नेकपा माओवादी लगायतका दलहरु सम्झौताको विरोधमा थिए ।
सम्झाैता टेबल भएसँगै संसद बैठक ४ दिनका लागि स्थगित भएको छ । अबकाे बैठक फागुन १२ गते बस्नेछ । सो दिन एमसीसी सम्झाैतामाथि छलफल गरी पारित गर्ने तयारी सरकारको छ ।
अमेरिकाले नेपाललाई एमसीसी पास गर्न फेब्रुअरी महिना (फागुन १६ गते) सम्मको समय दिएको छ ।