काठमाडौं । नेपाल ल्बयु आयलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यो बर्षको खुद नाफा पनि बढेको छ । नेपाल ल्युब आयलको यस वर्षको नाफा ३३ प्रतिशतले बढेको हो ।
पुस मसान्तमा नेपाल ल्युब आयलले २ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही समयको तुलनामा आयलले १ करोड ५८ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो ।
पुस मसान्तसम्म नेपाल ल्युब आयलको खुद ब्याज १८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही समयको तुलानामा आयलले १५ करोड ४८ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ ।