काठमाडौं । सुनचाँदी बजारमा आजपनि सुनको मुल्य बढेकाे छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मुल्य ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले वृद्धि भई ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य ९६ हजार १ सय रुपैयाँका कारोबार भएको छ भने आज चाँदीको मुल्य १ हजार ३ सय ५ रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।