काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३/३ रुपैयाँले बढाएको हो ।
योसँगै पेट्रोलको मूल्य १ सय ४५ र डिजेल तथा मट्टितेलको मूल्य १ सय २८ रुपैयाँ पुगेको छ । ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।