images
images

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले


  • 390
    SHARES
  • २०७८ फाल्गुण ७ गते शनिबार

    वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताएका हुन् ।

    मन्त्री आलेले  भने, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुनेछ ।” 


     भारतसँग सिधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उनले केही महिना पहिले आफू भारत भ्रमणका गएका बेला त्यहाँका नागरिक उड्डयन मन्त्रीसँग सिधा उडान अनुमतिका माग गरेकामा त्यहाँका मन्त्री  सकारात्मक देखिनुभएकाले सो समस्या चाँडै समाधान हुने उल्लेख गरे । 
     
    यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौँमा एयर ट्राफिकको समस्या समाधान हुनेमा जोड दिँदै मन्त्री आलेले भने, “भैरहवा नजिकै शान्तिका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बौद्धमार्गीका साथै लाखौँ पर्यटक भित्रिनसक्ने सम्भावना रहेकाे छ । त्यसका लागि यो विमानस्थल सञ्चालन हुनु जरुरी छ ।” यो विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्रामा जानका लागि काठमाडौँ जाने समस्या पनि समाधान हुने उनको भनाइ थियो । 


    images
    images

    Logo