images
images

एडीबीलाई अर्थमन्त्रीको आग्रह,‘नेपालको निर्यात बढाउन सहयोग गर्नुस्’


  • 432
    SHARES
  • २०७८ फाल्गुण ६ गते शुक्रबार

    एडीबीलाई अर्थमन्त्रीको आग्रह,‘नेपालको निर्यात बढाउन सहयोग गर्नुस्’

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी) सँग नेपालले थप साझेदारी गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा अर्थमन्त्री शर्माले यस्तो जोड दिएका हुन् ।

    नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै शर्माले यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार श्रृङ्खलामा पुर्याउन पनि एडीबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ ।’ 

    अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको बताउदैँ मन्त्री शमाले अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको बताए ।

    त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने रहेको बताउदैँ उनले एडीबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्याएको सहयोगप्रति बैंकलाई धन्यवाद  व्यक्त गनुको साथै कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने  बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताए ।


    images
    images

    Logo