images
images

नेपालबाट कृषि प्रशिक्षर्थी लैजाने इजरायलको प्रतिवद्धता


  • 436
    SHARES
  • २०७८ फाल्गुण ६ गते शुक्रबार

    नेपालबाट कृषि प्रशिक्षर्थी लैजाने इजरायलको प्रतिवद्धता

    काठमाण्डौं । नेपालका साना किसान कृषि सहकारी संस्थाका सदस्यका युवा छोराछोरीहरुलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपाल स्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

    साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, (डिसिइयो) डा. नवराज सिंखडा र (डिसिईयो) झलेन्द्र भट्टराई संगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखी रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफु प्रतिवद्ध रहेको बताएका हुन् । 

    उनले नेपाली साना किसान सदस्यहरुको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारीत प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकाले आफुहरुलाई खुसी लागेको बताए । नेपालका ७५ भन्दा बढि जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसंग जोडिएर गाउँतहका साना किसान सदस्यहरुलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । नेपालबाट प्रशिक्षार्थीका रुपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्यायन गरेर फर्केका धेरै युवाहरु अहिले व्यवसायी बनिरहेका छन् । 

     भेटघाटका क्रममा साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानहरुले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए । नेपालका युवाहरुलाई इजरायलले प्रशिक्षार्थी विधार्थीका रुपमा अवसर दिएर नेपालका किसानहरुलाई ठूलो गुन लगाएको बताए । 

    उनले नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विधार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको बताउनुको साथै इजरायलमा प्रयोग भएको नविनतम प्रविधिलाई नेपालमा भित्राउन यस कार्यक्रम महत्वपूर्ण रहेको बताउए । 

    इजरायले प्रदान गरेको यो अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याक लगाएतको जीवन परिवर्तनमा ठूलो सहयोग पुग्ने र नेपाल फर्केका युवाहरुले देशकै लागि नमुना योग्य कृषि गरिरहेको स्मरण गर्दै अध्यक्ष पाठकले सरकारले पनि यस कार्यक्रमलाई साथ दिनुपर्नेमा जोड दिएका हुन् ।

    इजरायलबाट सिप सिकेर फर्केका नेपाली युवाहरु कृषि कर्ममा राम्रो आम्दानी गरिरहेका भन्ने कुरालाई जोड दिदै नेपालबाट इजारायल कृषि प्रशिक्षर्थी लैजाने  प्रतिवद्धता व्यक्त गरेका हुन् । 


    इस कार्यक्रमलाई नियमित गर्ने र थप कोटा बढाउने बताउनुभएका नेपालका लागि इजरायली राजदूत यस अघि पनि नेपालका लागि राजदूत भईसकेका थिए ।यसैले नेपाल मामिला बारे राम्रो जानकारी राख्ने राजदूत हानान गोडर कै अग्रसरतामा नेपालका साना किसाका छोराछोरीहरुलाई १० महिने प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पठाउने कार्यको थालनी भएको हो ।

     


    images
    images

    Logo