काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । राष्ट्र बैंकले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८३ च जारी गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुले गैर बैंक बीमा कम्पनी संगठित संस्था तथा नेपाली नागरीकले खरिद गर्न सक्नेछन् ।
उक्त ऋणपत्र आइतबार बोलकबोल हुने भएको छ । व्याजदर निर्धारण आइतबार बोलकबोलबाट हुने भएको छ । ऋणपत्र खरिद गर्ने इच्छुक खरिदकर्ताले आइतबार अनलाइन मार्फत कोलकबोल पेश गर्नु पर्नेछ । निष्काशन भने सोमबार हुनेछ ।