बजारमा चिनीको अभाबसँगै अचाक्ली मूल्य वृद्धि गरिएको भन्दै रष्ट्रिय उपभोक्ता मञ्च नेपालले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखि आपूर्ति व्यवस्थापन र मूल्य नियमन गरिदिन आग्रह गरेको छ ।
विगत ४ वर्षदेखि अन्तराष्ट्रिय बजारको तुलनामा नेपालमा चिनीको मूल्य अत्याधिक वृद्धि भइरहेको छ । नेपाल सरकारले समेत अत्यावश्यक वस्तुको सूचीमा राखेको चिनीको मूल्य बढ्नुमा स्थानीय उत्पादकको मनपरी र तिनिहरुकै दबाबमा अत्याधिक मात्रामा लगाइएको भंसारको महसुलका कारणले नेपालमा चिनीकाे मूल्य बढिरहेको छ ।
अन्तराष्ट्रिय बजारमानै कम मूल्य, भारतीय बजारमानै ३५ देखि ३८ रुपैयाँमा पाउँने चिनी नेपालमा भने प्रतिकिलो १ सय रुपैयाँ तिर्नुपर्ने मञ्चको भनाइ छ । यस्तो मूल्यवृद्धि विगतमा १५ प्रतिशतमा भइरहेकोमा पछिल्लो समयमा अधिकतम ४५ प्रतिशतसम्म भएको मञ्चले जनाएको छ ।
यस्तो मूल्यवृद्धि रोक्न र बजार अनुगमन तथा नियमन गर्न मञ्चले सरकारलाई ध्यानाकर्षण गरेको छ । नेपाल समाचारपत्र दैनिक बाट



