काठमाडौं । कोभिड–१९ महामारीका कारण दिइएका सबै वित्तीय सुविधाहरु खारेज गरिने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले कोभिड–१९ महामारीको असाधारण परिस्थितिका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई सहजीकरण गर्न अवलम्बन गरिएका पुनरकर्जा सुविधा लगायतका अन्य नियामकीय सुविधाहरुलाइ कम गर्दै जाने नीति लिएको हो ।
यस्तो सुविधालाई अब पुनरुत्थान हुन बाँकी रहेका क्षेत्रमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ ।