images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिदेखि क्यालिब्रेसन उडान


  • 446
    SHARES
  • २०७८ फाल्गुण ५ गते बिहीबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिदेखि क्यालिब्रेसन उडान

    काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि शुक्रबारदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि आजै एरो थाईको जहाज नेपाल आइसकेको छ । 

    थाइल्याण्डबाट दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज आजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए । 

    क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ छ ।

    परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान फागुन ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ । उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ ।

     


    images
    images

    Logo