images
images

राष्ट्र बैंकले बढायो अल्पकालीन ब्याजदर


  • 694
    SHARES
  • २०७८ फाल्गुण ५ गते बिहीबार

    राष्ट्र बैंकले बढायो अल्पकालीन ब्याजदर

    काठमाडौं । राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । 

    अब ब्याजदरको स्थायी तरलता सुविधालाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको छ । ब्याजदर करिडोरको अन्तिम सीमालाई समेत ७ प्रतिशत पुर्याइएको छ । पुनरकर्जा सुविधा अन्तर्गतको अधिकतम ब्याजदर पनि ७ प्रतिशत पुर्याइएको छ । 

    नीतिगत दरलाई बढाएर ५.५ प्रतिशत पुर्याइएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ४ प्रतिशत कायम गरिएको छ । 


    images
    images

    Logo