images
images

धितोपत्र बोर्ड ऐनको त्यो व्यवस्था, जसले छोट्यायो अध्यक्षको कार्यकाल  


  • 798
    SHARES
  • २०७८ फाल्गुण ५ गते बिहीबार

    धितोपत्र बोर्ड ऐनको त्यो व्यवस्था, जसले छोट्यायो अध्यक्षको कार्यकाल  

    काठमाडौं । सरकारले धितोपत्र बोर्डको रिक्त अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

    अध्यक्षमा नियुक्त भए पनि हमालले अन्य अध्यक्षजस्तो ४ वर्षे कार्यकाल विताउन पाउने छैनन् । उनको पदावधि २०८० साल पुस २० गते सकिन्छ । 

    धितोपत्र बोर्ड ऐन २०६३ को दफा ७ ले अध्यक्ष नियुक्तिको प्रक्रियाबारे उल्लेख गरको छ । जसमा अध्यक्षको कार्यकाल ४ वर्षको हुने व्यवस्था गरिएको छ । तर, कुनै अध्यक्ष पदावधि नसकिँदै पदमुक्त भएको अवस्थामा भने बाँकी रहेको कार्यकालका लागि मात्रै नयाँ अध्यक्ष नियुक्ति गर्ने व्यवस्था ऐनको दफा १४ ले गरेको छ । 

    सो दफामा भनिएको छ, ‘कार्यकाल पूरा नहुँदै अध्यक्ष वा कुनै सदस्यको पद रिक्त हुन आएमा नेपाल सरकारले यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी सो पदमा बाँकी अवधिको लागि कुनै व्यक्तिलाई नियुक्त गर्नेछ ।’

    यो दफाले धितोपत्र बोर्डको अध्यक्षको अहिलेको नियुक्ति तात्कालिन अध्यक्ष भिष्मराज ढुंगानाको नियुक्तिकै निरन्तरता हो । २०७६ पुस २१ गते बसेको तात्कालिन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । सोही दिनका आधारमा नवनियुक्त अध्यक्षको कार्यकाल २०८० साल पुस २० गतेसम्म मात्रै कायम रहनेछ । 

    sebon.JPG


    images
    images

    Logo