काठमाडौं । धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
सो आईपीओे निष्काशनका लागि कम्पनीले बुधबार प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
धौलागिरी लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । सो लघुवित्तको प्रधान कार्यालय बागलुङ्ग जिल्लामा रहेको छ ।
यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५ सय सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।