काठमाडौं । संसदमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल नभएपछि हाइड्रोपावरको शेयरमा उच्च गिरावट आएको छ । बुधबार सो परिसूचकको शेयर प्रतिशत भन्दा धेरैले घटेको हो ।
आज बजारमा धेरै गुमाउने कम्पनीमा सबै हाइड्रोपावर कम्पनी रहेका छन् । बुद्धभूमि र मैलुङखोलाको मूल्य सबैभन्दा बढी ५ प्रतिशत भन्दा माथिले घटेको छ ।
आज दोस्रो बजारमा कारोबार भएका ४५ हाइड्रोपावरमध्ये सामलिङ हाइड्रो बाहेक सबैको मूल्य घटेको छ ।