काठमाडौं । प्रतिनिधि सभाको बैंठक २ दिनको लागि स्थगित गरिएको छ । सभामुख अगिप्रसाद सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउसो १ बजे सम्मको लागि स्थगित भएको जानकारी दिए ।
आज बैंठक सुरु भए लगत्तै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजी चलिरहेको बेलामा पनि सभामुख अगिप्रसाद सापकोटाले बैंठकलाई कार्यसुचिमा प्रबेश गराएका थिए । नाराबाजी रोकने कोसिश गरेसगैँ एमालेको संसदहरु नरोकिएपछि बैंठकलाई २ दिनको लागि स्थगित गरेको हो ।