images
images

नेष्डो समृद्ध लघुवित्को आईपीओ फागुन ११ गतेदेखि


  • 1.7K
    SHARES
  • २०७८ फाल्गुण ४ गते बुधबार

    नेष्डो समृद्ध लघुवित्को आईपीओ फागुन ११ गतेदेखि

    काठमाडौं । नेष्डो समृद्ध लघुवितकाे आईपिओ फागुन ११ गतेदेखि आउने भएको छ । उक्त आईपीओ निष्काशनको लागि  लघुवित्तले बुधवार आह्वानपत्र प्रकाशन गरेको हो ।

    यस अनुसार सो कम्पनीको ८ लाख २८ हजार कित्ता शेयर विक्री गर्न लागेको छ । यसमध्ये १२ हजार ७ सय कित्ता कर्मचारी र ४१ हजार ४ सय कित्तासामुहिक लगानी कोषकालागि छुट्याएर बाँकी ७ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण हुनेछ ।

    उक्त आईपीओ ११ गते खुला भई १५ गते बन्द हुनेछ । साे आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

    इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको हाल  चुक्ता पूँजी १७ करोड २१ लाख  रुपैयाँ रहेकाे छ । आईपीओ वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

     


    images
    images

    Logo