काठमाडौं । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेकपा सहित ६ दलले आह्वान गरेको नेपालबन्द निष्प्रभावी बनाउन मातहतका निकायलाई सर्कुलर गरेको छ ।
मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रक्रिया अघि बढेसँगै ६ दलले नेपालबन्दको घोषणा गरेका थिए । यस्तो जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले यस्ता गतिविधि हुन नदिन र शान्ति सुरक्षालाई चुस्त बनाउन निर्देशन दिएको हो । निर्देशनको बोधार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई समेत पठाइएको छ ।
