images
images

पाँचखाल स्मार्ट सिटी विकासका लागि निफ्रा बैंक र एसएमईसी बिच सम्झौता


  • 635
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    पाँचखाल स्मार्ट सिटी विकासका लागि निफ्रा बैंक र एसएमईसी बिच सम्झौता

    काठमाडौं । पाँचखाल स्मार्ट सिटी विकासका लागि निफ्रा बैंक र एसएमईसी बिच सम्झौता भएको छ । मंगलबार पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

    निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आ–आफ्नो कम्पनीको प्रतिनिधित्व गरेका छन् । उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापनका पदाधिकारीहरु र एसएमईसीका पदाधिकारीहरु सहित पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाको उपस्थिति रहेको थियो ।

    उक्त समझदारी पत्रमा सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्ने उल्लेख गरिएको छ । 

    निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ ।  त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा निफ्राको अगुवाईमा आवश्यक लगानी जुटाउने कार्य गर्ने जनाएको छ ।

    पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्ने छ । यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५ हजार ५ सय रोपनी क्षेत्रफल ओगटने छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

    निफ्राले अमेरिका स्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेड सँग पनि सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य आर्थिक वर्ष को ८ हप्ता भित्र समपन्न गरिे प्रतिवेदन पेश गर्ने तय भएको छ ।

    उक्त कार्यक्रममा निफ्रा का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमईस का सलिम जहाँ फहिमले र पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाले हरसम्भव प्रयास र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । 

     


    images
    images

    Logo