काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ३ दिनभित्र सन्दर्भ ब्याजदर बढाउन सहकारी विभागलाई अल्टिमेटम दिएको छ । उक्त आशयसहित लेखिएको पत्र महासंघका अध्यक्ष मीनकुमार कँडेलले सहकारी विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितलाई बुझाएका हुन् ।
पत्रमा अन्दर्भ ब्याजदर १७ प्रतिशत भन्दा कम नराख्न भनिएको छ । त्यस्तै, सहकारी संस्थालाई आधार ब्याजदरमा ६ प्रतिशतसम्म प्रिमियममा कर्जा लगानी गर्न पाउने व्यवस्थ ागर्न समेत माग गरिएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएर निक्षेपमै १२ प्रतिशत भन्दा बढी ब्याज दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सहकारी संस्थाहरु समेत ब्याजदर बढाउनैपर्ने अवस्थामा छन् ।
तर, १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदरका कारण सहकारी संस्थाहरुले गैरकानूनी रुपमा लगानी गर्न बाध्य भइरहेका छन् । यस्तो अवस्थामा महासंघले रजिष्ट्रारलाई भेटेर ब्याजदर बढाउन आग्रह गरेको हो ।



