काठमाडौं । नेपाल सरकारले ११ सहसचिवको सरुवा गरेको छ । मंगलबार मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ११ जना सहसचिवको सरुवा गरेको हो ।
प्राप्त विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सहसचिव खेमराज कोइरालालाई सरुवा गरिएको छ ।
त्यस्तै, टुवराज पोखरेललाई संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रीपरिसद्को कार्यलयमा पठाइएको छ । त्यस्तै, हेमराज सुवेदीलाई संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको अतिरिक्त समुहबाट उद्योग मन्त्रालय लुम्विनी प्रदेश पठाइएको छ ।
त्यस्तै, दिपक लामिछानेलाई संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको अतिरिक्त समुहबाट सामाजिक विकास मन्त्रालय कर्णली प्रदेशमा सरुवा गरेको छ । संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको अतिरिक्त समुहमाबाट विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।
बाबुराम गौतमलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरेको छ । लिला प्रसाद शर्मालाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पठाइएको छ ।
त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मेघनाथ तिमल्सेना लाई कृषि मन्त्रालय प्रदेश १ विराटनगरमा सरुवा गरेको छ । डा. राम नन्दन तिवारीलाई कृषि मन्त्रालय प्रदेश १ विराटनगरबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ ।
निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सेवन्तराज दाहाललाई पठाएको छ । कृष्णप्रसाद काप्रीलाई सामाजिक विकास मन्त्रालय कर्णली प्रदेशबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।



