images
images

एमसीसीविरुद्ध विप्लवसहित ५ पार्टीको नेपाल बन्द घोषणा


  • 3.5K
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    एमसीसीविरुद्ध विप्लवसहित ५ पार्टीको नेपाल बन्द घोषणा

    काठमाडौं । विप्लपसहित ५ पार्टीद्वारा भोलि नेपाल बन्द घोषणा गरेका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा छलफलका लागि जाने भएपछि त्यसको विरोधमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । 

    यसरी आन्दोलन घोषणा गर्ने पार्टीमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् । 

    भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पेश गरेको एमसीसी सम्झाैता अनुमोदनलाई अगाडि बढाउने तयारी गरेका छन् । त्यसको विरोधमा उनीहरु संयुक्त रुपमा उत्रिएको हुन् ।


    images
    images

    Logo