काठमाडौँ । क्यासिनोहरुले लामो समय देखि बाँकी रहेका बक्यौता रोयल्टी रकम तिर्न थालेको छन् जसमध्ये सोमबार मात्र सेन्ट्रर मिडियाले सरकारलाई ४ करोड रोयल्टी रकम बुझाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सोमबार गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७८÷८९ मा क्यासिनोहरुले सरकार ७५ करोड ४५ लाख बक्यौता रोयल्टी असुल गरेको छ ।
पछिल्लो समयमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले क्यासिनोहरुलाई रोयल्टी भुक्तानीलाई जोड दिएपछि क्यासिनोहरुले रोयल्टी बुझाउने क्रम बढेको हो ।