images
images

लगातार बढ्दैछ सुनको मूल्य, एकैदिन प्रतितोला १२ सयले बढ्यो 


  • 688
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    लगातार बढ्दैछ सुनको मूल्य, एकैदिन प्रतितोला १२ सयले बढ्यो 

    काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य लगातार बढ्दै गइरहेकाे छ । आज पनि सुनकाे मूल्य ह्वात्तै बढेको छ । आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज एकैदिन १२ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, आज तेजावी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चादीँको मुल्य प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo