images
images

८ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य


  • 497
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    ८ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य

    सिन्धुपाल्चोक । उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार ८ वर्षदेखि असहज छ । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ । 

    यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको ८ वर्ष भएको र आयात पनि सहज नभएको जानकारी दिए । 

    उच्च अधिकारीलाई पटकपटक ध्याकर्षण गराउँदै ज्ञापनपत्र दिइएको भए पनि नाका सहज हुन नसकेको अध्यक्ष श्रेष्ठले गुनासो गरे । एक महिनाअघि चीनको स्वशातित क्षेत्र तिब्बतको ल्हासास्थित नेपाली वाणिज्य दूतावासमा नेपाल र चीनका वाणिज्य अधिकारीबीच भएको छलफलमा चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २० गाडी सामान छोडिदिने निर्णय गरेको थियो तर अहिलेसम्म उक्त निर्णय कार्यान्वयनमा आउन नसकेको अध्यक्ष श्रेष्ठले बताए ।

    दुई वर्षअघि आंशिक रूपमा खुलेको यो नाकाबाट आयात पनि खस्कँदै गएको छ । नेपाल सरकारको पहलमा चीनले उक्त नाका २०७६ जेठको तेस्रो साता आंशिक रूपमा खुलाएको थियो । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले तातोपानी नाका पूर्ण रूपमा खुलाई आयात र निर्यातमा सहजता ल्याउनका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दै आएका छन् ।

    साता दिन अघिदेखि तातोपानी नाकाबाट दैनिक दुईदेखि पाँच गाडी सामान आयात हुँदै आएको छ । व्यापार सहज नहुँदा उक्त नाकाबाट कारोबार गर्ने व्यापारी, व्यवसायी पेसाबाटै विस्थापित र पलायन हुन थालेका छन ।

    आर्थिक वर्ष २०७७÷७८ मा तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले १ अर्ब दुई करोड ६० लाख रुपैयाँ राजस्व असुली गरेको थिया । उक्त आर्थिक वर्ष कुल राजस्व लक्ष्य ५ अर्ब ४७ करोड ९५ लाख ५४ हजार रुपैयाँ रहेको थिया । आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्म ८२ करोड ६४ लाख ५६ हजार लक्ष्यमा २ अर्ब चार करोड २७ लाख ४४ हजार राजस्व असुली भएको जनाएको छ । आर्थिक वष २०७६/७७ को राजस्व लक्ष्य र असुलीको तथ्याङ्क पनि लक्ष्यभन्दा कम भएको उक्त कार्यालयले  जनाएको छ । गाेरखापत्र दैनिकबाट


    images
    images

    Logo