images
images

२ वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनीमिल सञ्चालनमा


  • 900
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    २ वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनीमिल सञ्चालनमा

    काठमाडौं । २ वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो ।

    अब एक÷दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले जानकारी दिए । किसानबाट खरिद गरेको उखुको  भुक्तानी दिन नसक्दा यो उद्योग २ वर्ष सञ्चालनमै आउन सकेको थिएन ।

    यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । सर्लाहीको धनकौलमा रहेको यो उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको जानकारी दिँदै कसैको भुक्तानी लिन बाँकी रहेको भए सम्पर्क गर्न आग्रह गरेको छ । 

    सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग हरिवन र बगदहको महालक्ष्मी चिनी उद्योगले अहिले धमाधम उखु क्रसिङ गरिरहेका छन् । यी दुवै चिनी मिल गएको पुषमध्यबाट सञ्चालनमा आएका हुन् । दुवै उद्योगले किसानलाई उखुको भुक्तानी दिन थालिसकेका छन् । गाेरखापत्र दैनिकबाट


    images
    images

    Logo