images
images

जीफन्टको मुद्दामा अन्तरकालीन आदेश खारेज, आईसीटीयूलाई काम गर्ने बाटो खुल्यो


  • 1.4K
    SHARES
  • २०७८ फाल्गुण २ गते सोमबार

    जीफन्टको मुद्दामा अन्तरकालीन आदेश खारेज, आईसीटीयूलाई काम गर्ने बाटो खुल्यो

    काठमाडौं । नयाँ ट्रेड युनियन महासंघ गठन विरुद्ध नेपाल ट्रेड युनियन महासंघले हालेको मुद्दाको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएको एकीकृत ट्रेड युनियन महासंघ (आईसीटीयू) लाई काम आधिकारिकता नदिन भन्दै जीफन्टले श्रम अदालत दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

    तातकालिन एमालेबाट एकीकृत समाजवादी अलग भएपछि सो पार्टीको शुभेच्छुक संगठनको रुपमा नयाँ महासंघ दर्ता भएको थियो । विष्णु लम्सालको नेतृत्वको उक्त महासंईलाई विभागले गत मंसिर २९ गते दर्ता प्रमाणपत्र दिएको थियो ।

    दर्ता प्रमाणपत्र पाएसँगै जीफन्टले नयाँ महासंघ दर्ता अवैधानिक भएको भन्दै मुद्दा दर्ता गराएको थियो । सो मुद्दामा अदालतले आईसीटीयूलाई तत्काल काम नगर्न/नगराउन अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । सो आदेशकै कारण आईसीटीयूले अहिलेसम्म औपचारिक रुपमा काम गर्न पाएको थिएन । अन्तरकालीन आदेश खारेज भएसँगै अब महासंघले आफ्ना कामकारबाहीहरु अघि बढाउने मार्ग प्रशस्त भएको महासंघका महासचिव दीपक पौडेलले बताए । 

    यो आदेशले सत्यको जीत भएको र न्याय अझै नमरेको प्रमाणित भएको समेत उनको भनाइ छ । जीतसँगै महासंघले आफ्नो पक्षमा वकालत गर्ने सबै अधिवक्तालाई धन्यवाद दिँदै आफू आवद्ध घटक संगठनहरुलाई थप सक्रियताको साथ का मगर्न आग्रह समेत गरेको छ । 

    ictu.jpg


    images
    images

    Logo