images
images

युनिक नेपाल लघुवित्तको खुद नाफा ७ करोड २० लाख


  • 703
    SHARES
  • २०७८ फाल्गुण २ गते सोमबार

    युनिक नेपाल लघुवित्तको खुद नाफा ७ करोड २० लाख

    काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही समयको तुलनामा बढेको छ । यसको कारण लघुवित्तको वृद्धि अनुसार सञ्चालन मुनाफा सन्तोषजनक रहेको छ । 

    पुस मसान्तसम्ममा लघुवित्तले  ७ करोड २० लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड २३ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । 

    पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी  ७ करोड २० लाख ७३ हजार रुपैयाँ खुद ब्याज रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड २३ लाख  ६९ हजार रुपैयाँ रहेको छ । 

    पुस मसान्तसम्म लघुवित्तको तरलता अनुपात ३.९३ प्रतिशत रहेको छ भने जगेडा तथा अन्य कोषमा सामान्य वृद्धि भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९३.८३ रहेको छ भने प्रति शेयर नेटवर्थ ४७१.३८ रुपैयाँ रहेको छ । उक्त लघुवित्तको प्रतिशेयर कुल सम्पति ५ हजार ३ सय ५० दशमलव १ रुपैयाँ रहेको छ ।


    images
    images

    Logo