images
images

एकैदिन ८ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?


  • 681
    SHARES
  • २०७८ फाल्गुण २ गते सोमबार

    एकैदिन ८ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

    काठमाडौं ।  बैंकहरुको निक्षेप एकैदिन एकैदिन ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार माघ २८ गते एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप बढेको हो । 

    राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा माघ २८ गते एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत माघ २७ गते वाण्ज्यि बैंकको निक्षेप ४३ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा एकैदिन ६ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँमा पुगेको छ । 

    त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि एकैनिद २ अर्ब रुपैयाँले बढेको छ । माघ २७ गते ५ खर्ब ६३ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप माघ २८ गते एकैदिन २ अर्ब रुपैयाँले बढेर ५ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । 

    बैंकहरुको निक्षेप बढेको भएपनि कर्जा लगानीमा भने स्थिर रहेको छ । माघ २८ गते बैंकहरुको कर्जा लगानी ४६ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । 

    माघ २८ गते बैंकहरुको औसत सीडी रेसियो ९०.३५ रहेको छ । माघ २७ गते बैंकको सीडी रेसियो ९०.४८ रहेको थियो । 

     


    images
    images

    Logo