images
images

१५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 570
    SHARES
  • २०७८ फाल्गुण २ गते सोमबार

    १५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब को विकास ऋणपत्र बिक्री गर्दैछ । राष्ट्र बैंकले सोमबार विकास ऋणपत्र 'च' बिक्री गर्ने भएको हो । 

    यसरी जारी हुन लागेको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, अन्य संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्र चार बर्ष अवधिको हुनेछ ।

    उक्त ऋणपत्रको ब्याजदर बोलबकोल प्रणालीबाट तय हुनेछ । यसका लागि मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत् बोलपत्रमा सहभागी हुन सकिनेछ । 


    images
    images

    Logo