images
images

आन्तरिक राजस्व विभागको महानिर्देशकमा रितेश शाक्य, भन्सारमा कमल भट्टराई


  • 1.2K
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    आन्तरिक राजस्व विभागको महानिर्देशकमा रितेश शाक्य, भन्सारमा कमल भट्टराई

    काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशकको जिम्मेवारी रितेश शाक्यलाई दिएइएको छ । अर्थ मन्त्रालयका प्रवक्ता एवं मन्त्रालयको योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख शाक्यलाई विभागको जिम्मेवारी दिइएको हो । 

    शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानिर्देशक शोभाकान्त पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानेपछि विभाग महानिर्देशकबिहीन थियो । सो ठाउँमा शाक्यलाई पठाइएको हो । 

    उता अर्को शक्तिशाली विभागकाे रुपमा रहेको भन्सार विभागमा कमल भट्टराईलाईलाई जिम्मेवारी दिइएको छ । उनी यसअघि सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख थिए । यसअघि महानिर्देशक रहेका नारायण सापकोटालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लुम्बिनी प्रदेशको अर्थ सचिवमा सरुवा गरेको थियो । सरुवासँगै विभाग रिक्त थियो । 


    images
    images

    Logo