images
images

टेलिकमकाे अफर : ४९ रुपैयाँमा अनलिमिटेड इन्टरनेट


  • 560
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    टेलिकमकाे अफर : ४९ रुपैयाँमा अनलिमिटेड इन्टरनेट

    काठमाडौं । नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफर ल्याएको छ । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ ।

    यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते मात्र उपलब्ध रहेको छ । सो अफर अन्तर्गत ४९ रुपैयाँमा १ एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

    यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । 

    साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २ सयदेखि ४ सय ९९ सम्मको रिचार्जमा ५ सय १२ एमबी डाटा र ५ सय वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।  


    images
    images

    Logo