काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । ९१ दिन अवधिको २ अर्ब रुपैयाँ र १ सय ८२ दिन अवधिको ६ अर्ब रुपैयाँ समेत गरी राष्ट्र बैंकले सो बराबरको बिल बिक्री गर्न लागेको हो ।
सोमध्ये १ सय ८२ दिन अवधिको बिल नयाँ जारी हुन लागेको हो भने ९१ दिन अवधि रहेको ट्रेजरी बिलभ ने नवीकरण गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म उक्त बिलका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
नयाँ ट्रेजरी बिल जारी गर्न लागिएकोले यसले बजारबाट ६ अर्ब रुपैयाँको थप तरलता खिच्नसक्ने देखिएको छ ।