काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकैदिन १ हजार ५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाामा कारोबार भएको छ । त्यसैगरी चादीँको प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।