images
images

अनपेक्षित ब्याजदर वृद्धिले दवावमा शेयर बजार


  • 615
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    अनपेक्षित ब्याजदर वृद्धिले दवावमा शेयर बजार

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बढाएकाे ब्याजदरकाे कारण शेयर बजारमा संकट देखिएकाे छ । नेपाल बैंकर्स संघले फागुन १ गतेदेखि लागू हुनेगरी ब्याजदर १२ प्रतिशतसम्म पुर्याएपछि शेयर बजारका लगानीकर्ता आतिएका छन् । तरलताकाे गहिरिँदाे संकटबीच सरकारले आन्तरिक ऋण समेत उठाउन थालेपछि बैंकहरुले ब्याजदर बढाएका हुन् ।

    ब्याजदरले शेयर बजारमा २ तरिकाले असर गर्छ । पहिलाे निक्षेपकाे ब्याज र अर्काे कर्जाकाे ब्याज । दुवै ब्याज बढ्दा शेयर बजारमा नकारात्मक असर पर्छ । निक्षेपकाे ब्याजदरमा गरिएकाे वृद्धिले वैकल्पिक लगानीकाे प्रतिफल बढाउने भएकाेले यसले बजारमा तत्कालै प्रभाव पार्छ । उता, निक्षेपको ब्याजले ऋणकाे ब्याज बढाउने भएकाेले यसले ऋण लिएर गर्ने लगानीकाे मात्रा घटाउँछ । यसले शेयरकाे माग घटाउने भएकाेले दीर्घकालमा बजारलाई नकारात्मक असर गर्ने विश्वास गरिन्छ । यद्यपि यसकाे मनाेवैज्ञानिक असर भने बजारमा तत्काल पर्छ ।

    यसअघि ३ महिनासम्म ब्याजदरलाई कृतिम रुपमा स्थिर राखेका बैंकहरुले याे वर्ष ब्याजदर नबढ्ने अपेक्षा गरेका थिए । ब्याजदर बढाएर मात्रै निक्षेप नबढ्ने देखिएपछि सहमतिमा ब्याजदर वृद्धि राेकिएकाे थियाे । कृतिम रुपमा ब्याजदर वृद्धि राेकिएकै कारण लगानीकर्ताहरु ढुक्क थिए । तर, अहिलेकाे ब्याजदर वृद्धि अनपेक्षित लगानीकर्ताका लागि अनपेक्षित हाे ।

    नेपाल बैंकर्स संघले शुक्रबार ब्याजदर वृद्धिसम्बन्धी सहमति गरेका हुन् । साे निर्णयपछि बजार नखुलेकाेले आजकाे बजारले ब्याजदर वृद्धिकाे प्रतिक्रिया देखाउने विश्लेषण गरिएकाे छ ।


    images
    images

    Logo