images
images

क्षमताभन्दा बढीका ट्रक तार्दा अरुण नदीको बेलिब्रिज भाँचियो, तीनवटा ट्रक पुलमै अड्कियो


  • 514
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    क्षमताभन्दा बढीका ट्रक तार्दा अरुण नदीको बेलिब्रिज भाँचियो, तीनवटा ट्रक पुलमै अड्कियो

    काठमाडौं । क्षमताभन्दा बढीका ट्रक तार्दा अरुण नदीको बेलिब्रिज भाँचिएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको हो ।

     निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेका छन् । ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेका छन् । 

    अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए ।  पुलको भन्दा बढी क्षमताभन्दा सामग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको याम्फुले बताए ।

    पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनले बताए । चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । गोरखापत्र दैनिकबाट


    images
    images

    Logo