images
images

मनषा थाइफुड्स उद्योगमा आगलागी, १२ दमकल प्रयोग गर्दा पनि आगो नियन्त्रणमा आएन


  • 427
    SHARES
  • २०७८ माघ २९ गते शनिबार

    मनषा थाइफुड्स उद्योगमा आगलागी, १२ दमकल प्रयोग गर्दा पनि आगो नियन्त्रणमा आएन

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको छ । आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन ।

    नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताए। 

    ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन् । विसं २०७५ मा १ अर्बको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । 

    उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए । बिहानीपखमा आगो लागेकाले मानवीय क्षति भने नभएको उनले बताए ।


    images
    images

    Logo