images
images

टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो, नाफा वृद्धिका यस्ता छन् कारण


  • 949
    SHARES
  • २०७८ माघ २९ गते शनिबार

    टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो, नाफा वृद्धिका यस्ता छन् कारण

    काठमाडौं । नेपाल टेलिकमको नाफा १८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाउँदा सो बराबरको नाफा वृद्धि भएको हो । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब २८ करोड थियो । 

    टेलिकमले ग्राहक सेवाबाटै आम्दानी बढाएर नाफामा वृद्धि गर्न सफल भएको हो । अघिल्लो वर्ष ग्रहक सेवाबाट १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले यो वर्षको सोही अवधिमा यस्तो नाफा १९ अर्ब २० करोड पुर्याएको छ । 

    अन्य आम्दानी भने यो अवधिमा सामान्य घटेको छ । अघिल्लो वर्ष २ अर्ब ८५ करोड आम्दानी गरेको टेलिकमले यो वर्ष २ अर्ब ७८ करोड रुपैयाँ मात्रै कमाएको छ । 

    आम्दनीसँगै टेलिकमको खर्चमा पनि वृद्धि भएको छ । कर्मचारी खर्च, सञ्चालन तथा मर्मत खर्च, बिक्री तथा प्रवद्र्धनात्मक खर्च, प्रशासनिक खर्च तथा नियामकीय खर्चमा यो अवधिमा वृद्धि भएको छ । यसपटक टेलिकमले इम्पेरिमेन्ट चार्जबापत १३ करोड रुपैयाँ प्रोभिजन समेत गरेको छ ।

    टेलिकमको नाफा बढ्नुको अर्को कारण सरकारी कर घट्नु पनि हो । अघिल्लो वर्षको ६ महिनामा २ अर्ब ७४ करोड रुपैयाँ आयकर तिरेको टेलिकमले यो अवधिमा २ अर्ब २८ करोड रुपैयाँ मात्रै कर तिरेको छ । 

    टेलिकमले अहिले कमाएको नाफा प्रतिशेयर वार्षिक ५१.९७ रुपैयाँ हो । अघिल्लो वर्ष यस्तो आम्दानी ४२.८६ रुपैयाँ थियो । सो कम्पनीको नेटवर्थ ६ सय २३ रुपैयाँ ८९ पैसा रहेको छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको टेलिकमसँग अहिले ७८ अर्ब रुपैयाँको रिजर्भ फण्ड छ । 


    images
    images

    Logo