images
images

नेपाल–भारत सिमाना आजदेखि चार दिनका लागि बन्द


  • 705
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    नेपाल–भारत सिमाना आजदेखि चार दिनका लागि बन्द

    काठमाडौँ । नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते ) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् ।  

    भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका पनि आजदेखि फागुन २ गतेसम्म बन्द भएका दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिको आधारमा नाका बन्द गरिएका हुन् । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।  

     


    images
    images

    Logo