images
images

याक एण्ड यतिको पत्रकार सम्मेलनपछि बोल्यो पर्यटन विभाग


  • 581
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    याक एण्ड यतिको पत्रकार सम्मेलनपछि बोल्यो पर्यटन विभाग

    काठमाडौं । याक एण्ड यति हाेटेलको पत्रकार सम्मेलनपछि पर्यटन विभागले उक्त होटलको बारेमा गलत समाचार प्रकाशित भएकाे भन्दै साे समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएकाे छ । पर्यटन विभागले क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चार माध्यमा प्रकाशित/प्रशारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे । 

    पर्यटन विभागले आज एक प्रेस विज्ञप्ति जारी गरी क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चार माध्यममा भ्रामक समाचार प्रकाशित/प्रशारित भएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते याक एण्ड यति होटल लिमिटेडको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गरेको थियो ।

    होटलको पाँच तारास्तरको स्तर वर्गीकरण प्रमाण रद्द गर्ने, होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको सम्बन्धमा उक्त होटलका तर्फबाट विभिन्न सञ्चार माध्यममा व्यक्त गरिएका भ्रामक समाचारप्रति यस विभागको ध्यानाकार्षण भएको भन्दै विज्ञप्ति जारी गरेका छ ।

    सञ्चारमाध्यममा उक्त क्यासिनो चार वर्ष पहिले नै बन्द भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    उक्त क्यासिनोले सरकारलाई बुझाउनुपर्ने रोयल्टी तथा शुल्कसहित ४२ करोड २५ लाख २५३.४२ दाखिला हुन नआएकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७७ को नियम ९०, क्यासिनो नियमावली २०७० र अन्य प्रचलित कानुन बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) बाट क्यासिनो सञ्चालन इजाजतपत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने निर्णय भएको विभागका महानिर्देशक तारानाथ अधिकारीले जानकारी दिए ।


    images
    images

    Logo