images
images

ब्याजदर बढाउने बैंकर्सकाे निर्णयपछि आत्तिए व्यवसायी


  • 547
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    ब्याजदर बढाउने बैंकर्सकाे निर्णयपछि आत्तिए व्यवसायी

    काठमाडौं । निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । बै‌किङ् क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघले जनाएको छ । 

    कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिनअवस्थाबाट गुज्रिरहेका छन् । एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन सकेका छैनन भने उत्पादित वस्तुहरुको विक्री वितरणबाट उठ्नु पर्ने रकमसमेत बजारबाट उठ्न सकिरहेको अवस्था नभएको महासंघले उल्लेख गरेको छ । 

    बैंकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेकै हो । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुनेहो कि भन्नेमा निजी क्षेत्रको चिन्ता रहेकाे छ । 

    हरेक त्रैमासमा निक्षेपमा व्याजदर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने महासंघकाे ठहर रहेकाे छ । यसरी व्याजदरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने महासंघको बुझाई रहेको छ । 

    विगतका अनुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा महासंघको वलियो विश्वास रहेको छ । व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दवावमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्दछ । 

    व्यापार घाटाको दायरा निकै बढीरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा व्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने र त्यसलेआन्तरिक उत्पादननैठप्प हुन जाने अवस्था आउनेतर्फ हामी सरकार र नेपाल राष्ट्र बैंकको महासंघले ध्यानाकर्षण गराएको छ । 

    यसर्थ अनपेक्षितरुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउं पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघ राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ । साथै थलिएका उद्योग व्यवसायहरुलाई सुसंचालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिब क्षेत्रसंग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार रहेको रहेको छ ।


    images
    images

    Logo