images
images

निजी उद्योगले डीडीसीको भन्दा प्रतिलिटर २ रुपैयाँ बढी मूल्य दिने


  • 439
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    निजी उद्योगले डीडीसीको भन्दा प्रतिलिटर २ रुपैयाँ बढी मूल्य दिने

    काठमाडौं । निजी उद्योगहरुले किसानहरुलाई डीडीसीको भन्दा प्रतिलिटर २ रुपैयाँ बढी मूल्य दिने भएका छन् । डीडीसीले निजी उद्योगसँग सल्लाह नगरी नयाँ मूल्य कायम गरेका कारण जिजी उद्योगले डीडीसीको भन्दा २ रुपैयाँ बढी मुल्य दिएर दुध किन्ने भएका हुन् । 

    डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले तोकेको भन्दा ६ रुपैयाँ बढी र डीडीसीले दिनेभन्दा २ रुपैयाँ बढीमा किन्ने भएका छन् । नयाँ मूल्यअनुसार निजी उद्योगबाट उत्पादन हुने प्रतिलिटर  ८६ रुपैयाँ रहेको छ । किसानका लागि प्रतिलिटर ६२ रुपैयाँ कायम भएको छ ।

    डीडीसीले भने लिटरको उपभोक्ता मूल्य ८५ रुपैयाँ कायम गरेको छ भने किसानलाई दिने मूल्य ६० रुपैयाँ तोकेको छ । डीडीसीले दुधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाएको छ भने निजी उद्योगले प्रतिलिटर १० रूपैयाँ बढाएका छन् ।


    images
    images

    Logo