images
images

फागुनमा बैंकको ब्याजदर बढाउने सहमति 


  • 865
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    फागुनमा बैंकको ब्याजदर बढाउने सहमति 

    काठमाडौं । फागुनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढाउन बैंकरहरुबीच सहमति भएको छ । बैंकर्स संघको आजको बैठकमा यस्तो सहमति जुटेको हो ।

    माघ महिनामा व्यक्तिगत मुद्धतिमा १०.०३ प्रतिशत रहेको व्याजदर फागुनमा ११.०३ प्रतिशत पुग्ने भएको छ । त्यस्तै, संस्थागतमा १०.३ प्रतिशत ब्याजदर पुर्याउने निर्णय गरेको छ । बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको छ ।

    ब्याजदरको अधिकतम सीमा निर्धारण गरेको भए पनि बैंकहरुलाई ब्याजदर नबढाउन समेत छुट दिइएको छ । यस अनुसार अब बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर घटबढ गर्न पाउँछन् ।


    images
    images

    Logo