images
images

व्यवसाय विस्तारमा ५ बैंकलाई पुँजीकोषको बाधा, एनआईशी एशिया कारबाहीमा पर्ने निश्चित


  • 1.3K
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    व्यवसाय विस्तारमा ५ बैंकलाई पुँजीकोषको बाधा, एनआईशी एशिया कारबाहीमा पर्ने निश्चित

    काठमाडौं । ५ वाणिज्य बैंकको व्यवसाय विस्तारमा पुँजीकोष अनुपात बाधक देखिएको छ । बजारमा तरलता संकुचनको अवस्थाबीच बैंकहरु व्यवसाय विस्तार गर्न नसक्ने अवस्थामा रहेको बेला ती बैंकहरु भने पुँजीकोषकै कारण व्यवसाय खुम्च्याउनुपर्ने अवस्थामा पुगेको छन् । 

    नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तमा १० वटा बैंकको पुँजीकोष अनुपात १० भन्दा कम छ । त्यसमध्ये एनआईसी एशिया बैंकको पुँजीकोष ७.८ प्रतिशत मात्रै छ ।  क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरुले न्यूनतम ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ ।

    त्यस्तै, माछापुच्छ्रे बैंकको ८.०९ प्रतिशत, लक्ष्मी बैंकको ८.५१ प्रतिशत, सिद्धार्थ बैंकको ८.६३ प्रतिशत, कुमारी बैंकको ८.८८ प्रतिशत पुँजीकोष अनुपात छ । अनुपात ९ प्रतिशत भन्दा पनि तल झरेकोले यी बैंकहरुलाई व्यवसाय विस्तार गर्न पुँजीकोषले अवरोध गर्ने देखिएको छ ।

    त्यस्तै, सानिमा बैंकको ९.०८ प्रतिशत, सनराइज बैंकको ९.१३ प्रतिशत, हिमालयन बैंकको ९.४१ प्रतिशत, एनसीसी बैंकको ९.७६ प्रतिशत पुँजीकोष अनुपात रहेको छ । सबैभन्दा बढी पुँजीकोष अनुपात कायम गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकको पुँजीकोष अनुपात १४.३८ प्रतिशत रहेको छ । 

    पुँजीकोषका कारण व्यवसाय विस्तारमा अवरोध देखिए पनि अहिलेसम्म राष्ट्र बैंकको सीमाभन्दा कम पुँजीकोष कायम गर्ने भने एनआईसी एशिया बैंक मात्रै रहेको छ । चालु आर्थिक वर्षमा पुँजीकोषकै कारण लाभांश वितरणमा रोक लागेको सो बैंकलाई आगामी वर्ष पनि लाभांश वितरणमा अवरोध हुने देखिएको छ । 

    कोरोना भाइरस महामारीसँगै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका लागि व्यवस्था गरेको २.५ प्रतिशतको काउन्टरसाइक्लिकल बफर स्थगन गर्दा समेत बैंकहरु पुँजीकोष अनुपात कायम गर्न नसक्ने अवस्थामा पुगेका हुन् । आगामी आर्थिक वर्षदेखि भने यस्तो बफर कायम गर्न समेत बैंकहरु बाध्य हुनेछन् । यसले व्यवसाय विस्तारमा थप बाधा पुग्न सक्छ । 


    images
    images

    Logo