images
images

अब ५ लाखसम्म कर्जा लिन बैंकमा जानै नपर्ने, राष्ट्र बैंकको यस्तो मार्गनिर्देशन


  • 3.4K
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    अब ५ लाखसम्म कर्जा लिन बैंकमा जानै नपर्ने, राष्ट्र बैंकको यस्तो मार्गनिर्देशन

    काठमाडौं । अब ५ लाख रुपैयाँसम्मको कर्जा लिनका लागि बैंकसम्म धाउनु नपर्ने भएको छ । शुक्रबार राष्ट्र बैंकले मार्गनिर्देशन जारी गदै भुक्तानी ५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइन प्रणालीबाटै हुने व्यवस्था गरेको हो । 

    मार्गनिर्देशन अनुसार व्यवसायिक पेशागत आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा ५ लाख रुपैयाँसम्म र अन्य ग्राहकको हमा २ लाख रुपैयाँसम्मको कर्जा विद्युतीय माध्यमबाट नै प्रवाह गर्न सकिन्छ । यसका लागि बैंकले यस्तो कर्जा प्रवाह गर्ने छुट्टै एप्लिकेसन वा अनलाइन पोर्टल सञ्चालन गर्नु पर्नेछ । 

    उक्त कर्जाको अवधि भने धेरैमा ३ वर्षको हुनेछ । साथै कर्जा प्रदान गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरि कर्जा प्रवाह हुने व्यवस्था गरिएको छ । यस्तो कर्जा व्रवाह गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरु यससम्बन्धी नीति तथा प्रकिया तर्जुमा गरी सञ्चालक समितिबाट स्वीकृत गराउनु पर्ने मार्गनिर्देशनमा उल्लेख गरिएको छ । 


    images
    images

    Logo