काठमाडौँ । सुनचाँदी बजारमा आज सुनको मुल्यमा १ सय रुपैयाँले वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य ९४ हजार रुपैयाँमा कारोवार भएको छ ।
बिहीबार प्रतितोला ९३ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य आज १ सयले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य ९३ हजार ५ सयमा कारोबार भएको छ भने आज चाँदीको मुल्य स्थिर भएको छ । चाँदी प्रतितोला १ हजार २ सय ८० कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।